एमाले काठमाडौंले महंगी र भ्रष्टाचार विरुद्धमा तिन दिन हस्ताक्षर अभियान संचालन गर्ने

एमाले काठमाडौंले महंगी र भ्रष्टाचार विरुद्धमा तिन दिन हस्ताक्षर अभियान संचालन गर्ने

२०७९, श्रावण १९ बिहिवार

  • 1.9K
    SHARES

  • एमाले काठमाडौंले महंगी र भ्रष्टाचार विरुद्धमा तिन दिन हस्ताक्षर अभियान संचालन गर्ने

    काठमाडौं । अचाक्ली बढ्दै गएको महँगी र भ्रष्टाचारको विरुद्धमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले हस्ताक्षर अभियान संचालन गर्ने भएको छ ।

    जनताको आवाज निरिह बन्दै गएकाले साउन २०, २१ र २२ गते विरोध स्वरुप काठमाडौं जिल्लाका १३८ वटै एमाले वडा कमिटीको कार्यालय या सार्वजनिक स्थानबाट हस्ताक्षर अभियान अगाडि बढाइएको एमाले केन्द्रीय सदस्य एवं सांसद सरिता न्यौपानेले बताइन् ।

     
    त्यस्तै २३ गते सार्वजनिक स्थानबाट जनसंगठनहरुले हस्ताक्षर अभियान संचालन गर्नेछन् । उक्त संकलित हस्ताक्षरलाई पार्टी वडा कमिटीले निर्वाचित वडा समिति मार्फत र जनसंगठनले जिल्ला प्रशासन कार्यालय मार्फत साउन २५ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको न्यौपानेले बताएकी छन् । 

    महँगीकै विरोधमा यस अघि साउन १६ गते एमाले केन्द्रले पनि वृहत जुलुश तथा प्रदर्शन आयोजना गरेको थियो । 

    २०७९, श्रावण १९ बिहिवार१०:५५:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार