भित्रिसहरबाट ४ जिपिए ल्याउनेमा एक्लो नोबेल, उच्च शिक्षामा पनि देखियो अधिक भिड

भित्रिसहरबाट ४ जिपिए ल्याउनेमा एक्लो नोबेल, उच्च शिक्षामा पनि देखियो अधिक भिड

२०७९, श्रावण १९ बिहिवार

  • 10.2K
    SHARES

  • भित्रिसहरबाट ४ जिपिए ल्याउनेमा एक्लो नोबेल, उच्च शिक्षामा पनि देखियो अधिक भिड

    काठमाडौं । वि.सं. २०७८ सालको एसईई परीक्षामा काठमाडौंको नोबेल एकेडेमीले उत्कृष्ट नतिजा सहित जिपिए ४ प्राप्त गरेको छ ।

    काठमाडौंका आठ विद्यालयले जिपिए ४ ल्याएकामा भित्रिसहर नयाँ बानेश्वरमा अवस्थित नोबेल एकेडेमीले सो सफलता हात पारेको हो । अरु सबै विद्यालयहरु चक्रपथ घेरा भन्दा बाहिर छन् । 

    विद्यालय तहमा उत्कृष्ट नतिजा हासिल गरेको नोबेलमा उच्च माविका लागि पनि उत्तिकै आकर्षण देखिएको छ ।

    विज्ञान, व्यवस्थापन र फाइन आर्टका विषयमा पढाई हुने यस कलेजको इतिहास नै सुनौलो रहेकाले स्वस्फुर्त रुपमा विद्यार्थीको ताँतिलागेको शैक्षिक तथा प्रशासकिय प्रमूख राजकुमार आचार्यले बताए ।

    112.jpg

    आधुनिक शैक्षिक वातावरण, भौतिक पुर्वाधार, प्रयोगशाला, उच्च गुणस्तरीय प्राध्यापकको समूह लगाएतका कारणले नोबेल आकर्षणको केन्द्रबिन्दुमा रहेको आचार्यको भनाई छ ।

    उच्च मावि तह कक्षा ११ मा मात्र करिव १२ सयको हाराहारीमा भर्ना हुने यस कलेजमा ३ हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।

    सिंहदरवार क्षेत्रबाट नजिकै रहेको बानेश्वरको शान्त वातावरणमा पढ्न रुचाउनेका लागि नोबेल आकर्षक गन्तव्य बन्दै आएको अभिलेखबाट देखिन्छ । 

    २०७९, श्रावण १९ बिहिवार०१:००:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार