श्रीलङ्काका राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

श्रीलङ्काका राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

२०७९, श्रावण १९ बिहिवार

  • 989
    SHARES

  • श्रीलङ्काका राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

    कोलम्बो । श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ ।

    सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिबन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ । 

    पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरूलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालीन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवै जनालाई आदेश दिएको थियो ।

    यसैबीच अपराध अनुसन्धान विभागले मङ्गलबार तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका मध्ये एक जना १८ र एक जना २२ वर्षका रहेको खुलेको छ । 

    श्रीलङ्कामा आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ । संकट समाधानका विभिन्न प्रयास भएपनि ठोस उपलब्ध भने हुन सकेको छैन ।एजेन्सी ।

    २०७९, श्रावण १९ बिहिवार०५:१२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार