कोरियामा एकैदिन एक लाख सात हजारभन्दा बढी सङ्क्रमित

कोरियामा एकैदिन एक लाख सात हजारभन्दा बढी सङ्क्रमित

२०७९, श्रावण १९ बिहिवार

  • 1.3K
    SHARES

  • कोरियामा एकैदिन एक लाख सात हजारभन्दा बढी सङ्क्रमित

    सोल। दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  

    यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् । 

    अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । 
     
    नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।

    गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ । एजेन्सी ।

    २०७९, श्रावण १९ बिहिवार०७:०४:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार