पास्ट गभर्नर लायन गौतममान श्रेष्ठद्धारा ३ करोड राशीको च्यारिटेबल ट्रष्ट घोषणा

पास्ट गभर्नर लायन गौतममान श्रेष्ठद्धारा ३ करोड राशीको च्यारिटेबल ट्रष्ट घोषणा

२०७९, श्रावण २० शुक्रवार

  • 2.2K
    SHARES

  • पास्ट गभर्नर लायन गौतममान श्रेष्ठद्धारा ३ करोड राशीको च्यारिटेबल ट्रष्ट घोषणा

    काठमाडौं । लायन्स क्लवका एक मुर्धन्य व्यक्तित्व पास्ट डिस्ट्रिक्ट गभर्नर लायन गौतममान श्रेष्ठले आफ्नो नाममा एक च्यारिटेबल ट्रष्ट घोषणा गरेका छन् । 

    विहिवार राजधानीमा आयोजित एक कार्यक्रममा लायन्स क्लव अफ बालाजुका सस्थापक अध्यक्ष श्रेष्ठले करिब रु ३ करोड राशीको च्यारिटेबल ट्रष्ट घोषणा गरेका हुन् । 

    3.jpg

    शिक्षा, स्वास्थ्य र खानेपानीमा योगदान पुगोस भनेर च्यारिटेबल ट्रष्ट घोषणा गरिएको श्रेष्ठले बताएका छन् । 

    आर्थिक अभावका कारण पढ्न नपाएका नागरिकका लागि थोरैभए पनि राहत पुग्ने विश्वास उनले गरेका छन् । त्यस्तै दुर्गम जिल्लाहरुमा स्वास्थ्य क्षेत्र र खानेपानीको अवस्था बिकराल रहेकाले ट्रष्टले केही न केही योगदान गर्ने विश्वास पनि उनको छ ।

    4.jpg

    सामाजिक सेवाका लागि हुरुक्कै हुने श्रेष्ठ लायन्सका हरेक कार्यक्रममा उपस्थित हुने गरेका लायन लिडर तारा भुसालले बताइन् ।

    ३२५ L सँग आबद्ध श्रेष्ठ केही दिन अघि मात्र लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ को 'हंगर रिलिफ को-अर्डिनेटर' मा मनोनित भएका छन् ।  

    5.jpg

    २०७९, श्रावण २० शुक्रवार१०:१९:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार