काठमाडौं । राजधानी काठमाडौंको रिंगरोड बाहिर कलंकी, स्युचाटारमा अवस्थित अमरज्योति माध्यमिक विद्यालयले शिक्षा छेत्रमा उल्लेख्य फड्को मारेको छ ।
विसौँ वर्ष देखि एसईईमा शतप्रतिशत नतिजा दिलाउन सफल यस माध्यमिक विद्यालयमा कक्षा ११ -१२ पढ्ने विद्यार्थीमा थप आकर्षण बढेको पाइएको छ ।
'नाम चलेका महँगा कलेज कुद्नको सट्टामा एक पटक अमरज्योति भ्रमण गर्न कक्षा १२ उत्तिर्ण गरिसकेका विद्यार्थीले सुझाए । सिमित स्रोत र साधनका बीच यहाँबाट उत्तिर्ण गरेका विद्यार्थी ग्लोबल भन्दा उत्कृष्ट छन् ।

शिक्षा महँगा भवनभित्र मात्र लुकेको छैन, यस्ता मोफसलका विद्यालय र कलेजमा पनि उच्चस्तरको पढाई छ,' विद्यार्थीको दाबी छ ।
वि.सं. २०५९ सालदेखि एसईई परीक्षा दिलाउन शुरु गरेको यस विद्यालयले शत प्रतिशत नतिजा निकाल्दै आएको छ ।
सामुदायिक विद्यालयको समूहमा उत्कृष्ट अध्यापनमा जुटेको यस विद्यालयमा करिव ९ सयको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन् ।
विद्यालय तहमा अव्वल भएसँगै उच्च मावि तहको व्यवस्थापन र मानविकीतहमा पनि थप आकर्षण रहेको पाइएको हो । सामुदायिक शिक्षा बलियो भए मात्रै जनता शिक्षित हुन्छन् अनि राज्य बलियो हुन्छ प्रधानाध्यापक सुन्दर पन्तले बताए ।

उच्च गुणस्तरिय शिक्षक, योजनाबद्ध शिक्षण पद्धति, भौतिक पुर्वाधार, लगनशिलता, प्रयोगशाला र उच्च शैक्षिक वातावरणले नै अमरज्योतिले फड्को मारेको पन्तको भनाई छ । सामुदायिक शिक्षा अव्वल बनाउन कम्मर कसेर लागेका शिक्षक शिक्षिका देख्दा आफुहरु उत्साहित हुने गरेको प्रधानाध्यापक पन्तले सुनाए ।
साहित्य र रचनामा विशेष दख्खल राख्ने प्रधानाध्यापक भएकाले विद्यार्थीहरु हरेक विषयलाई सिर्जना सँग जोडेर व्याख्या गरेको देख्दा रमाइलो अनुभुति हुने गरेको एक शिक्षकले बताए ।
विद्यालय भनेकै प्रधानाध्यापकको कुशलता वरिपरि घुम्ने रहेछ, जुन प्रधानाध्यापक पन्तले उत्कृष्टताका साथ जिम्मेवारीपूर्वक निर्वाह गरेका छन्, नाम नछाप्ने सर्तमा उक्त एक शिक्षकले थपेका छन् ।
