काठमाडौं । एसईई परीक्षाको नतिजासँगै उच्च शिक्षा पढ्ने विद्यार्थीहरु कलेजको खोजिमा छन् ।
राम्रो नतिजा ल्याउने विद्यार्थी विज्ञान विषय नै पढ्ने परम्परागत अवधारणालाई अन्य विषयले क्रमभंग गर्न थालेको वर्षौँ हुन थालेको छ ।
विहिवार काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आईएसटी कलेज भ्रमणमा आउने विद्यार्थीको प्रतिक्रिया बुझ्दा नौलो अनुभुति हुन्थ्यो ।
उत्कृष्ट नतिजा ल्याएर पनि व्यवस्थापन विषयका मामुली जस्ता देखिने विषय पढ्न चाहने ईच्छा आकांक्षा हेर्दा समयले निकै कोल्टे फेरेको महशुृस गराउँथ्यो ।

यसको एउटै कारण थियो त आईएसटीले व्यवस्थापन विषयका होटल म्यानेजमेन्ट र टुरिजम विषयलाई सिपमा आधारित अध्यापन गराउनु । जुन विषय पढेर १२ कक्षा सम्पन्न गरेसँगै विद्यार्थी आत्मनिर्भर मात्र हुने हैन, भविष्यमा राम्रो व्यवस्थापक, प्रशासक, संचालक बन्दै उद्यमी बन्ने बाटो कोरिनु ।
त्यस्तै, विद्यार्थीले पढेका विषयलाई जस्ताको तस्तै उतार्न सक्ने सिप प्राप्त गर्नसक्ने प्रयोगशालाको निर्माण पनि आईएसटीको रवाफ रहेको विश्लेषकको भनाई छ । लागतमा केही महँगो देखिने यहाँको शिक्षा अष्ट्रियाको साल्जवर्ग विश्वविद्यालय सँगको सहकार्यमा सन्तुष्टी नै मिलेको विद्यार्थीको भनाई छ ।
यस कलेजबाट उच्च मावि सम्पन्न गरेसँगै होटल, रेष्टुरेन्ट तथा टुरिजम कम्पनिमा निश्चित रुपमा विद्यार्थीले काम प्राप्त गरेका र स्नातक तहमा अध्ययन गर्न सहज देखिएको डाईरेक्टर तेज प्रसाद ढकालले बताए ।
विदेशबाट उच्च शिक्षा लिन चाहनेका लागि सहज रुपमा भिषा लागेको पाइएको पनि उनको भनाई छ ।
