इरान बाढीमा ८० जनाको मृत्यु

इरान बाढीमा ८० जनाको मृत्यु

२०७९, श्रावण २१ शनिवार

  • 1.0K
    SHARES

  • इरान बाढीमा ८० जनाको मृत्यु

    तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको छ ।

    देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए ।

    बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

    बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ ।एजेन्सी ।

    २०७९, श्रावण २१ शनिवार०३:१९:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार