दक्षिण कोरियामा २४ घण्टामा १ लाख १० हजार कोरोना सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टामा १ लाख १० हजार कोरोना सङ्क्रमित

२०७९, श्रावण २१ शनिवार

  • 1.0K
    SHARES

  • दक्षिण कोरियामा २४ घण्टामा १ लाख १० हजार कोरोना सङ्क्रमित

    सोल। दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ कोरोना सङ्क्रमित हुने गरेका छन् ।

    सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

    दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।

    एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ ।एजेन्सी ।

    २०७९, श्रावण २१ शनिवार०४:२५:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार