पाकिस्तानमा उप निर्वाचन घोषणा

पाकिस्तानमा उप निर्वाचन घोषणा

२०७९, श्रावण २१ शनिवार

  • 1.2K
    SHARES

  • पाकिस्तानमा उप निर्वाचन घोषणा

    इस्लामावाद । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।

    आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ । 

    देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको हो । 

    निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

    उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकता अनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ ।  

    उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् ।    

    गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पिटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गर्नु भएको थियो । उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो ।  

    उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो । एजेन्सी ।

    २०७९, श्रावण २१ शनिवार०५:५३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार