काठमाडौं । वि.सं. २०७८ सालको एसईई नतिजासँगै कलेज भ्रमणमा विद्यार्थी व्यस्त छन् ।
विद्यालय तह समाप्त भए पछि स्वतन्त्र अनुभुति गरेका अनुशासित विद्यार्थी लामबद्धरुपमा रोजेको विषय पढ्नलाई भौतारिरहेका छन् । गाउँगाउँबाट काठमाडौं आई कलेज भ्रमणका निस्किएका विद्यार्थी देख्दा जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन् ।
शुक्रवार काठमाडौं सामाखुशीमा रहेको तक्षशिला कलेजमा विज्ञान पढ्ने चाहना बोकेका विद्यार्थीको भिड देख्दा कुनै ठुलै उत्सवको आभास हुन्थ्यो । झण्डैँ दुई रोपनी हाराहारीको विशाल हलमा खचाखच उभिएका विद्यार्थी काउन्सेलिंगका लागि लामबद्धरुपमा अनुशासित ढंगले पालो कुरेको देख्दा कलेज प्रशासन प्रफुल्लित देखिन्थ्यो ।

यसो हुनुमा विगत दश वर्षदेखि विज्ञान विषयका लागि तक्षशिलाले गरेको लगानी, विद्यार्थीको प्रगति र देशकै नमूना एस्ट्रोनोमी (खगोलशास्त्र) प्रयोगशाला कलेजका महत्वपूर्ण पूर्वाधार हुन् । यहाँ रहेको रोबोटिक्स क्लवले विज्ञान प्रतिको रुचि स्वस्फुर्त रुपमा जागृत गराएको विश्लेषकको भनाई छ ।
गत वर्ष नेपाल सरकारले लिएको एमबिबिएस प्रवेश परीक्षामा तक्षशिलाले देशभरिबाटै दोस्रो स्थान र इन्जिनियरिंगमा पनि थुप्रै विद्यार्थीले नाम निकालेको रेकर्डमा देखिएको छ । यस आधारमा पनि विद्यार्थी तक्षशिलामा पुगेको अनुमान गरिएको छ ।

विज्ञानका साथै व्यवस्थापन, मानविकी र कानूनमा समेत उल्लेख्य सफलता चाखिसकेको यस कलेज उच्च शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको प्राचार्य नेत्र न्यौपानेले बताएका छन् ।
करिव १३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत गरिरहेको यस कलेज उच्च शिक्षाका लागि आकर्षक गन्तव्य हुनसक्ने देखिन्छ ।
