बंगालका पूर्वगभर्नर जगदीप धनखर बने भारतका नयाँ उपराष्ट्रपति

बंगालका पूर्वगभर्नर जगदीप धनखर बने भारतका नयाँ उपराष्ट्रपति

२०७९, श्रावण २२ आइतवार

  • 1.2K
    SHARES

  • बंगालका पूर्वगभर्नर जगदीप धनखर बने भारतका नयाँ उपराष्ट्रपति

    एजेन्सी । पश्चिम बंगालका पूर्वगभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।।

    शनिबार भएको मतदानमा उनले ५२८ मत प्राप्त गरे‍। विपक्षी उम्मेदवार मार्गरेटले १८२ मत प्राप्त गरिन्।

    १६ औँ उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले जानकारी दिए।

    नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।

    यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी थिइन्।

    २०७९, श्रावण २२ आइतवार०७:४७:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार