काँग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

काँग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

२०७९, श्रावण २२ आइतवार

  • 913
    SHARES

  • काँग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

    काठमाडौं । ‘मैले ग्रास रुटदेखि नम्बर टु भएर काम गरेको छु। अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन। मलाई कुनै कुराको लोभ छैन। नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु।’ यो भनाइ हो, नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको।  

    सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिहंले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

    सरकारको उपप्रधानमन्त्रीदेखि पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरे । तर पार्टी नेतृत्वमा पुग्न असफल भए पनि काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आगामी निर्वाचनबाट फेरि अनुमोदित हुँदै प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा निःस्वार्थ रूपमा काम गर्ने बताएका हुन् ।  

    जनप्रतिनिधिका रूपमा आफूले धेरै काम गरेको बताएका सिंहमा आगामी निर्वाचनबाट जनअनुमोदित नहुने पो हो कि भन्ने भय पनि देखिन्छ। आफूले जनप्रतिनिधिका रूपमा गर्नुपर्ने धेरै काम गरे पनि अनावश्यक प्रचार गरेर नहिँडेको भन्दै उनले थपे, ‘हुन त अहिले हाम्रो चुनावी परिणाम हेर्दा बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान साबित भएजस्तो लाग्छ।’

    २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले मात्र सिंह निर्वाचित भएका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत पनि काँग्रेसको केही सयले मात्र धेरै देखिन्छ। काँग्रेसभित्र मौलाएको गुटगत विवाद त छ नै, आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भयो भने वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा परिणाम सिंहको पक्षमा देखिन्न।

    त्यसमाथि प्रधानमन्त्री चयनमा संविधान र संसदीय प्रक्रियाअनुसार छुट्टै व्यवस्था छ। तर नेता सिंहसहित काँग्रेस नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन नभएर प्रधानमन्त्रीकै चुनावको मिति घोषणा भएजस्तो गर्दै एकपछि अर्को प्रधानमन्त्रीका आकांक्षी देखिन थालेका छन्।

    प्रधानमन्त्रीको आकांक्षीका रूपमा देखिनेमा काँग्रेस महामन्त्री गगनकुमार थापा पनि छन् । थापाले पार्टीका पहिलो तहका नेताले आगामी निर्वाचनमा बिदा लिएर सरकार र पार्टी नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् । 

    २०७९, श्रावण २२ आइतवार०८:३६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार