छलफलमा जुटे काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी, बटमलाईन ९९

छलफलमा जुटे काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी, बटमलाईन ९९

२०७९, श्रावण २३ सोमवार

  • 1.0K
    SHARES

  • छलफलमा जुटे काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी, बटमलाईन ९९

    काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावको सिट बाँडफाँटलगायत विषयमा बालुवाटारमा छलफलमा जुटेका छन्।

    साउन २० मा सत्तागठबन्धनका शीर्ष नेताले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने सहमति गरेका थिए।

    साथै सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल पनि गठन गरेको थियो। उक्त कार्यदलको बैठक आज बस्दैछ।

    कार्यदल बैठक बस्नुअघि काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बालुवाटारमा अनौपचारिक रूपमा छलफलमा जुटेका हुन्। बिहान १० बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

    पार्टीका विभाग गठनलगायत आन्तरिक विषय, प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव, मंसिर ४ मा हुने निर्वाचनमा सिट बाँडफाँट गर्दा काँग्रेसले कति सिट लिनेजस्ता विषयमाथि छलफल भएको हो।

    विशेष स्रोतका अनुसार गठबन्धनमा लोसपालाई समेत सामेल गराएर ९९ सिट कांग्रेसलाई र बाँकी ६६ सिट अन्य दललाई दिने गरि छलफल चलिरहेको बताइएको छ । 

    २०७९, श्रावण २३ सोमवार०१:४०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार