चावहिलमा मनास्लुको दबदबा बढ्दा उच्च शिक्षामा विद्यार्थीको आकर्षण

चावहिलमा मनास्लुको दबदबा बढ्दा उच्च शिक्षामा विद्यार्थीको आकर्षण

२०७९, श्रावण २३ सोमवार

  • 5.4K
    SHARES

  • चावहिलमा मनास्लुको दबदबा बढ्दा उच्च शिक्षामा विद्यार्थीको आकर्षण

    काठमाडौं । वि.सं २०७९ सालको एसईई परीक्षाको नतिजा आएसँगै कलेज भ्रमणमा विद्यार्थी व्यस्त छन् । 

    उच्च शिक्षाको अभिलाषा बोकेर काठमाडौं छिरेका देखि उपत्यकाका रैथाने विद्यार्थीको समिश्रणले उपत्यकाको माहोल तातिरहेको छ । प्रवेश परीक्षा संचालन गरेर भर्नाका लागि टोकन दिने कलेज देखि दैनिक परीक्षा संचालन गर्दै भर्ना गर्ने प्रक्रिया मिलाउने कलेजको संख्या पनि उल्लेख्य रहेको छ । 

    3.jpg

    सोमवार काठमाडौं उपत्यकाको चावहिल चुच्चेपाटी स्थित मनास्लु वर्ल्ड कलेज भ्रमणमा आएका विद्यार्थीले छुट्टै रौनक थपेका थिए । दुईदिन अगाडी प्रवेश परीक्षा दिई भर्ना गर्न आएका विद्यार्थी र आज प्रवेश परीक्षा दिन आएका विद्यार्थीको घुइँचोले कलेज प्रशासनलाई भयाईनभ्याई देखिन्थ्यो ।

    विगत तिन वर्षअघि स्थापित मनास्लुले सदवहार रुपमा यसपटक पनि चावहिल क्षेत्रमा उच्च संख्यामा विद्यार्थी भर्ना गर्ने संकेत दिएको छ । 

    5.jpg

    विज्ञान, व्यवस्थापन, मानविकी र कानूनमा अध्यापन गराउँदै आएको मनास्लु र विद्यालय प्राक्सिसमा गरि करिव १८ सय विद्यार्थी अध्ययनरत रहेका छन् । यहाँका विद्यार्थी, अभिभावक, मनास्लु देखिने सामाजिक संजालका भित्तादेख्दा यहाँका अन्य कलेज नै अचम्मित परेको आभाष हुन थालेको छ । अर्थात चावहिल क्षेत्रमा मनास्लुको अत्यधिक चर्चा रहेको विद्यार्थीको भनाई छ । 

    युवा संस्थापक एवं अध्यक्ष गेन्द्र लामा र प्राचार्य राजन श्रेष्ठको जोडी गज्जवसँग जमेको देखिन्छ । आफैँमा क्षमतावान युवाद्धयले त्यत्तिकै कुशल एवं मिहिनेती प्राध्यापक तथा प्रशासक टिमले नै छोटो समयमा सफलता चाख्दै गएको विश्लेषकको दाबी छ ।

    4.jpg 

    निकट भविष्यमा स्नातक र स्नातकोत्तर समेतका कक्षाहरु संचालन गर्ने सोच बोकेको मनास्लु वर्ल्ड सन्तुलित ढंगले दौडिएको प्राचार्य श्रेष्ठले बताएका छन् ।

    उच्च शिक्षाको अभिलाषा बोकेर कलेज छनोटका लागि भौँतारिरहेका विद्यार्थीलाई मनास्लु उपयुक्त गन्तव्य बन्नसक्ने यहाँको वातावरणले देखाएको छ । 

    manaslu-2.jpg

    २०७९, श्रावण २३ सोमवार०२:०८:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार