स्नातक तहमा सोसल वर्क विशेष, तिर्खा मेट्दैछ कादम्बरी मेमोरियल कलेज

स्नातक तहमा सोसल वर्क विशेष, तिर्खा मेट्दैछ कादम्बरी मेमोरियल कलेज

२०७९, श्रावण २३ सोमवार

  • 5.0K
    SHARES

  • स्नातक तहमा सोसल वर्क विशेष, तिर्खा मेट्दैछ कादम्बरी मेमोरियल कलेज

    काठमाडौं । संसारको बदलिँदो परिवेश सँगै सामाजिकीकरणका विषय अबको महत्वपूर्ण अध्ययनको पाटो बन्ने संकेत देखिएको छ । यान्त्रिक झैँ चल्न विवश मानिसलाई समाज र सामाजिकीकारणका विषयमा सोच्ने फुर्सद नै प्राप्त भईरहेको छैन । 

    यी विषयलाई उपेक्षा गर्दाको परिणाम विश्वका शक्तिशाली राष्ट्रलाई मात्र थाहा होला भनेर पन्सिने अवस्था अब अन्य मूलुकलाई रहेन । मानिस स्वभावैले सामाजिक प्राणी भएकाले उसलाई सामाजिकीकरण गर्न साना ठूला एनजिओ र आईएनजिओका गोष्ठी मात्र पर्याप्त रहेनन् ।

    नेपाल सरकारले हालैमात्र सोही कुराको मनन् गरि कक्षा ११-१२ मा समेत सामाजिक अध्ययनको पढाई शुरु गरेको छ । 

    उच्च माध्यमिक तहमा समेत सामाजिक अध्ययन शुरु गरेको नेपाल सरकारले स्नातक तहमा भने नाम मात्रको सामाजिक अध्ययन पढाई जारी राखेको छ । एक शव्दमा भन्दा सर्टिफिकेट प्रदान गरेर मात्र विद्यार्थीलाई दिक्षित गराएको भानमा त्रिभुवन विश्वविद्यालय बसेको छ । 

    लोकसेवा आयोग, रेडक्रश, विभिन्न एनजिओ, आईएनजिओ र अन्तराष्ट्रिय क्षेत्रका साथै अमेरिका, क्यानाडा, दुवई, जापान, कोरिया लगाएत सबै विकसित देशमा सोसल वर्क अध्ययन गरेका विद्यार्थी प्राथमिकतामा पर्दा त्रिवि भने तालाबन्दीको चपेटामा रुमल्लिँदै गएको छ । 

    1.jpg

    यस्तैमा सामाजिक कार्यको अध्ययनका लागि थोरै संख्यामा भए पनि पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति प्राप्त गरेर यस अध्ययनको तिर्खा काठमाडौंको बुद्धनगरमा अवस्थित कादम्बरी मेमोरिएल कलेजले पूरा गर्दै आएको छ ।

    सेमेष्टर तहबाट अध्यापन हुने यस विषयमा अध्ययन गर्दा चौथो सेमेष्टरदेखि नै पेशामा जोडिदा विद्यार्थी उत्साहित बन्ने गरेको प्राचार्य प्रादिप्ता कादम्बरीले बताइन् । 'गुणस्तरीय सामाजिक अध्ययन गरेका विद्यार्थीको अभावमा दक्ष जनशक्ति तयार नहुँदा माथि भनिएका सबै क्षेत्रले समस्या भोग्नु परेको पनि उनको भनाई छ । दक्षता र क्षमता हासिल गरेका विद्यार्थीको अत्यधिक माग हुँदा समेत आफु मुकदर्शक भएर बस्नु परेको छ,' उनले थपेकी छन् ।  

    विएसडव्लु स्पेशल भनेर चिनिने यस कलेजले सिमित कोटामा मात्र भर्ना गर्न पाउने प्रावधान रहेको छ । अघिल्लो वर्षसम्म ४० जना मात्र भर्ना गर्न पाएकोमा यस पटक भने ४८ विद्यार्थी भर्ना गर्न सकिने प्राचार्यले बताइन् ।

    विएसडव्लु भनेर भर्ना गरेका अन्यत्रका विद्यार्थी कादम्बरीमा स्वस्फुर्त इन्टर्न बुझ्ने गरेका र विदेशी विद्यार्थीमा भारत, अष्ट्रिया, अष्ट्रेलिया, क्यानाडा लगाएतका देशबाट विद्यार्थीहरु आएर इन्टर्नसिप गर्ने गरेको पनि उनले खुलासा गरेकी छन् । निकट भविष्यमा स्नातकोत्तर तहको अध्यापन गराउने योजनामा आफु रहेकाले कादम्बरी कलेज नेपालकै सामाजिक अध्ययन विषयको हब बन्ने विश्वास पनि उनले लिएकी छन् ।

    उनले अन्तिममा थपेकी छन्, 'अन्तरराष्ट्रिय रुपमा बिक्ने दक्ष मानवस्रोत निर्माण नै आफ्नो पहिलो र एकमात्र एजेण्डा रहेको छ ।' 

    २०७९, श्रावण २३ सोमवार०३:२१:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार