प्रतिनिधिसभा निर्वाचन विशेष

काठमाडौं क्षेत्र नं १ 'ख' मा कुन दलको अवस्था कस्तो ? 

काठमाडौं क्षेत्र नं १ 'ख' मा कुन दलको अवस्था कस्तो ? 

२०७९, श्रावण २३ सोमवार

  • 2.5K
    SHARES

  • काठमाडौं  क्षेत्र नं १ 'ख' मा कुन दलको अवस्था कस्तो ? 

    काठमाडौं । वि.सं २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ख बाट प्रदेश सभाका लागि नेकपा एमाले उमेदवार विजयी भएका थिए । 

    एमाले उमेदवार गणेश प्रसाद दुलालले ४२४२ मत प्राप्त गरि विजयी हुँदा नेपाली कांग्रेसका उमेदवार सुरजचन्द्र लामिछानेले ४२२३ मत मात्र प्राप्त गरेका थिए । 

    त्यस्तै विवेकशिल साझा पार्टीका पुरुषोत्तम प्रसाद ढुंगेलले २७२५ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा कुल १४ जना उमेदवार प्रतिस्पर्धामा रहँदा अन्य कुनै पनि उमेदवारले एक सय मत कटाएनन् । 

    त्यसैगरि, गत स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिकाको ३१ नं. वडा मात्र पर्ने यस वडाको अध्यक्षमा एमाले उमेदवार सरोज ढकाल विजयी भएका थिए । ढकालले ४७६७ मत प्राप्त गरि विजयी हुँदा नेपाली कांग्रेसका उमेदवार रविन्द्र बिक्रम राणाले २९९१ मत मात्र प्राप्त गरेका थिए ।

    त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका राजेश जोशीले ६४६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिष्णु प्रसाद अधिकारीले ५८५ मत प्राप्त गरेका थिए । वडाध्यक्षका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा बाँकी कुनै पनि उमेदवारले ८० मत कटाएनन् । 

    यस क्षेत्रमा १८ हजार मतदाता रहेकामा नयाँ थपिएसँगै २० हजारको हाराहारी पुग्ने अनुमान गरिएको छ ।  

    २०७९, श्रावण २३ सोमवार०६:३८:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार