पहिरोले सिन्धुपलाञ्चोक-हेलम्बु राजमार्ग अवरुद्ध

पहिरोले सिन्धुपलाञ्चोक-हेलम्बु राजमार्ग अवरुद्ध

२०७९, श्रावण २४ मंगलवार

  • 1.8K
    SHARES

  • पहिरोले सिन्धुपलाञ्चोक-हेलम्बु राजमार्ग अवरुद्ध

    काठमाडौँ । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट-मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।

    जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

    अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए।

    वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।

    २०७९, श्रावण २४ मंगलवार०७:४१:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार