आसन्न निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

आसन्न निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

२०७९, श्रावण २४ मंगलवार

  • 1.2K
    SHARES

  • आसन्न निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ।

    आउँदो मंसिर ४ गतेलाई तय भएको निर्वाचनको लागि आज दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताए।

    दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग पुग्नेछन्।

    निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो। आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ।

    २०७९, श्रावण २४ मंगलवार०९:१४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार