काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ।
गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडी तोडफोड भएका छन्। फोहोर लिएर त्यहाँ पुगेका ती गाडी कस्ले तोडफोड गर्यो भन्नेबारे पत्ता लागेको छैन।
ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठलेका अनुसार हालसम्म १८ वडा गाडी तोडफोड भएको अवस्थामा छन्।
फोहोरका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बन्चरेडाँडाका जनप्रतिनिधि सहित स्थानीयबीच सहमति भएको भएपनि तीन दिनयता फोहोर विसर्जनमा स्थानीयले अवरोध गर्दै आएका छन् ।