जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण

जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण

२०७९, श्रावण २५ बुधवार

  • 1.0K
    SHARES

  • जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण

    बर्लिन ।  जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको छ ।

    यहाँका  चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो । 

    उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरूसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको उक्त इन्स्टिच्युटले मङ्गलबार जनाएको छ ।

    जर्मनीमा गएको मे महिनादेखि मङ्कीपक्सको सङ्क्रमण देखिएको हो । यहाँ अहिलेसम्म दुई हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ । तर बच्चामा भने यो पहिलो पटक पाइएको बताइएको छ ।

    अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । 

    पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ । एजेन्सी ।

    २०७९, श्रावण २५ बुधवार०३:०३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार