वशिष्ठद्धारा करिव ५५ विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण

वशिष्ठद्धारा करिव ५५ विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण

२०७९, श्रावण २५ बुधवार

  • 1.5K
    SHARES

  • वशिष्ठद्धारा करिव ५५ विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण

    काठमाडौं । लायन्स क्लव अफ काठमाडौं वशिष्ठले करिव ५५ जना स्कुले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

    वुधवार काठमाडौंको अनामनगरमा अवस्थित रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत करिव ५५ जना विद्यार्थीलाई वशिष्ठले शैक्षिक सामाग्री वितरण गरेको हो ।

    a4.jpg

    कापी, कलम, पेन्सिल, विस्कुट लगाएतका शैक्षिक सामग्री प्याक गरेर सबै विद्यार्थीलाई २ महिनाका लागि पुग्ने गरि करिव २० हजार बराबरको शैक्षिक सामाग्री वशिष्ठले वितरण गरेको छ । 

    क्लवका सदस्य पुरुषोत्तम भट्टराईको जन्मोत्सवको अवसर पारेर कार्यक्रम आयोजना गरिएको वशिष्ठका प्रेसिडेन्ट अजित कुमार भट्टराईले बताएका छन् ।

    a3.jpg

    क्लवको वार्षिक कार्यक्रमको योजना मुताविक विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न आयोजना गरिएको सो कार्यक्रममा डिस्ट्रिक्ट ३२५ L का गभर्नर मणिश्री रत्न बज्राचार्य, द्धितिय सहायक गभर्नर सुमन भट्ट, पव्लिक रिलेसन अफिसर मन कृष्ण श्रेष्ठ, रिजन चेयर पर्सन सरिता शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमबाट उत्साहित हुँदै द्धितिय गभर्नर भट्टले पुस्तकालयका लागि कथा, कविता र उपन्यासका पुस्तक गरेर करिव ५ हजार भन्दा बढिको सहयोग गरेका थिए । 

    a6.jpg

    कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मन्जु श्रेष्ठ, डिस्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य लगाएतले सम्बोधन गर्दै उक्त कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए । 

    a12.jpga1.jpga11.jpg1111.jpg

    २०७९, श्रावण २५ बुधवार०७:२९:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार