काठमाडौँ । एक चीन नीतिमा नेपालको प्रतिबद्धताप्रति चीनले खुशी व्यक्त गरेको छ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताका क्रममा चीनले नेपालको एक चीन नीतिप्रतिको धारणालाई लिएर प्रशंसा गरेको हो।
परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली टोली र विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ टोलीबीच चीनको सान्तोक प्रान्तको छिङ्ताओमा द्वीपक्षीय भेटवार्ता भएको परराष्ट्रमन्त्रालयले जानकारी गराएको छ।
परराष्ट्रमन्त्री खड्का नेतृत्वको टोली मंगलबार राति चीन प्रस्थान गरेको थियो। -एजेन्सी ।