तीन वटा प्रदेशका केही स्थानमा साँझबाट भारी वर्षाको सम्भावना

तीन वटा प्रदेशका केही स्थानमा साँझबाट भारी वर्षाको सम्भावना

२०७९, श्रावण २६ बिहिवार

  • 929
    SHARES

  • तीन वटा प्रदेशका केही स्थानमा साँझबाट भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    आज राति प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्य बदली रहनेछ।

    बागमती, गण्डकी प्रदेशका र कर्णाली प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूररपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०७९, श्रावण २६ बिहिवार०७:४६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार