भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण 

भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण 

२०७९, श्रावण २६ बिहिवार

  • 937
    SHARES

  • भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण 

    नयाँ दिल्ली ।  भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

    सरकारी अधिकारीले  बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन्  । 

    यसैसँगै भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या चार करोड ४२ लाख छ हजार नौ सय ९६ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।

    भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ । 

    कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय ७९ व्यक्तिको मृत्यु भइसकेको छ । 

    भारतमा हिजो एक दिनमा १९ हजार चार सय ३१ जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् । 

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५८ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । 

    भारतमा कोरोना सुरु भएयता हालसम्म ८७ करोड ९२ लाख ३३ हजार दुई सय ५१ जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । एजेन्सी ।

    २०७९, श्रावण २६ बिहिवार०२:४३:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार