काठमाडौं । काठमाडौंको तिनकुने आलोकनगरमा अवस्थित सान्त्वना कलेजले १२ जना क्रिकेट खेलाडीलाई विशेष छात्रवृत्ति प्रदान गरेको छ ।
सोमवार सम्पन्न भएको सहमति बमोजिम नेक्सस क्रिकेट एकेडेमीको सिफारिसमा १२ जना क्रिकेट खेलाडीलाई कलेजले पुर्ण छात्रवृत्ति प्रदान गरेको हो । कलेजका अध्यक्ष क्षितिज उपाध्याय ढुङगेलका अनुसार छात्रवृत्तिमा छनोट भएका खेलाडी कक्षा ११ र १२ पुर्णरूपमा निशुल्क अध्ययन गर्न पाउने छन् ।
नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौंमा प्रशिक्षण लिईरहेका खेलाडीहरू बिपीन बिक्रम शाही, अर्जुन गिरी, सरोज खड्का, साकार राउत, अजय अधिकारी र मिलन भट्टले पहिलो चरणको छात्रवृत्ति प्राप्त गर्दै कलेज भर्ना भइसकेका छन् भने बाँकी ६ जनाका लागि छनोट प्रक्रिया चलिरहेको छ ।
खेल क्षेत्रलाई प्रोत्साहित गर्ने उद्धेश्यले सान्त्वना कलेजले टिम गेम नै खेल्न मिल्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकोमा नेक्सस क्रिकेट एकेडेमीका प्रबन्धक सरस्वती शाहीले खुशी व्यक्त गरेकी छन् ।
जिपिए ४ ल्याएका विद्यार्थी भर्ना गर्न भन्दा पनि मध्यम जिपिए ल्याएका विद्यार्थीलाई भविष्यमा ४ जिपिए ल्याउन सक्ने क्षमता विकास गर्ने कलेजको रुपमा सान्त्वनाले आफ्नो पहिचान बनाउँदै आएको छ ।
विद्यार्थीलाई उच्चस्तरको कारन्सेलिंग र मोटिभेसन गराएर परीक्षामा समेत उच्च अंकको नतिजा दिन सान्त्वना सफल भएकाले अन्तरराष्ट्रिय अवार्डका लागि मनोनयन भएको अध्यक्ष ढुंगेलले बताएका छन् ।
सान्त्वना कलेज २०२१ /२२ का लागि टिटिएफ अवार्डका लागि छनोट हुन उच्च मावि तहको उपत्यकाको एकमात्र कलेज हो ।