नाइजेरिया सैनिक कारबाही : उनान्तीस जना मारिए

नाइजेरिया सैनिक कारबाही : उनान्तीस जना मारिए

२०७९, श्रावण २७ शुक्रवार

  • 1.5K
    SHARES

  • नाइजेरिया सैनिक कारबाही : उनान्तीस जना मारिए

    अबुजा । नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ । 

    अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । 

    आतङ्ककारीको  अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् । 

    देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ । सैनिक कारबाहीका बीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन् ।-एजेन्सी ।

     

    २०७९, श्रावण २७ शुक्रवार१२:४७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार