गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९, श्रावण २८ शनिवार

  • 901
    SHARES

  • गत वर्ष एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

    संयुक्त राष्ट्रसंघ । गत बर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ  ।

    राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् ।

    उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ । 

    त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ । -एजेन्सी । 

    २०७९, श्रावण २८ शनिवार१२:४२:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार