यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिमा भारी वर्षाको सम्भावना

२०७९, श्रावण २९ आइतवार

  • 849
    SHARES

  • यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका पाँचवटा प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

    देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राति प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    २०७९, श्रावण २९ आइतवार०८:३४:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार