काठमाडौं १ ख प्रदेश सभाका लागि एमाले उमेदवारको ताँती

काठमाडौं १ ख प्रदेश सभाका लागि एमाले उमेदवारको ताँती

२०७९, श्रावण २९ आइतवार

  • 1.8K
    SHARES

  • काठमाडौं १ ख प्रदेश सभाका लागि एमाले उमेदवारको ताँती

    काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सम्भावित उमेदवारको खोजी शुरु भएको छ । 

    सम्बन्धित भुगोललाई कार्यथलो बनाई राजनीति तथा समाजिक अभियन्ताका रुपमा गतिविधि गर्दै आएका नेता तथा कार्यकर्ताको चर्चा परिचर्चा बढ्न थालेको पाइन्छ । 

    शनिवार काठमाडौंको वानेश्वरमा नेकपा एमालेले बुद्धिजिवी भेलाको आयोजना गर्दा सोही भाव झल्किन्थ्यो । 

    काठमाडौं क्षेत्र नं १ प्रदेश ख मा पर्ने उक्त निर्वाचन क्षेत्रबाट यसअघि भएको प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेले विजयी हासिल गरेको थियो । उक्त निर्वाचनमा एमाले उमेदवार गणेश प्रसाद दुलालले नेपाली कांग्रेसका उमेदवार सुरजचन्द्र लामिछानेलाई थोरै मतान्तरले मात्र पराजित गरेका थिए ।

    उनै दुलाल संघ तर्फको यात्रामा जानेकी प्रदेशमै लड्ने दोधारमा रहेको अनुमान गरिएको छ । त्यस्तै पार्टीमा सन्तुलन मिलाउनु पर्ने चुनौति पनि दुलाललाई देखिन्छ । 

    त्यस्तै, एक कार्यकाल वडाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका पाका नेता नारायण भण्डारी अर्का चर्चामा रहेका नेता हुन् ।

    नेता भण्डारी आफैँ अगाडि सरिरहेका छन् या अरु कोही युवा नेतालाई अगाडी सार्दैछन् प्रष्ट हुन नसकेको स्थानिय कार्यकर्ताले बताएका छन् । दुलाल र भण्डारी दुवै नेता पार्टीको प्रदेश तहको जिम्मेवारीमा छन् । 

    त्यसै गरि सामाजिक अभियान सरसफाई तथा कौसी खेती मार्फत आफ्ना गतिविधि बुलन्द गर्दै आएका केशव घिमिरे अर्का चर्चामा रहेका नेता हुन् । भुगोल क्षेत्रिय कमिटी अध्यक्ष हुँदै हाल उपत्यका विशेष प्रदेश कमिटी तहमा जिम्मेवारी बहन गरिरहेका घिमिरे पछिल्लो समय युवापुस्ता माझ पनि लोकप्रिय बन्दै गएका छन् । 

    त्यस्तै गरि सामाजिक अभियान तथा विभिन्न व्यवसायमा सम्बद्ध उज्जन श्रेष्ठ अर्का चर्चामा रहेका नेता हुन् । विभिन्न संघसंस्थामा आबद्ध रहनुका साथै पुर्व वडाध्यक्ष बनेर जनप्रतिनिधिको समेत जिम्मेवारी बहन गरिसकेका श्रेष्ठ पनि युवा माझ उत्तिकै लोकप्रिय देखिन्छन् । 

    त्यस्तै, पार्टीमा सादगी नेताका रुपमा पहिचान बनाउन सफल धन बहादुर अछामी अर्का चर्चामा रहेका व्यक्ति हुन् । पार्टी काम निरन्तर गर्दा एकदिन सफलता हात पर्छ भन्ने दृढ विश्वास राख्ने अछामी पनि उत्तिकै रुचाइएका व्यक्तिमा गनिन्छन् । श्रेष्ठ र अछामी दुवै काठमाडौं एमाले जिल्ला कमिटी सदस्य हुन् । 

    बुद्धिजिवी एवं युवा विद्यार्थीबाट कसैको पनि त्यति धेरै चर्चा नचलेपनि पार्टीका अन्य नेताका नाममा एकमत नबनेमा बुद्धिजिवी तेज बहादुर ढकाल पनि थोरबहुत चर्चामा देखिन्छन् । 

    अनुभवी र विवादमा पनि नदेखिएका कारण पहिलो प्रतिस्पर्धा दुलाल र भण्डारी बिचमा नै हुने अनुमान गरिएको छ । यदि परिक्षण भईसकेकालाई विदा दिएर नयाँ फ्रेस उमेदवार ल्याएर चुनाव जित्ने रणनीतिमा एमाले पुग्यो भने स्वभाविक रुपमा घिमिरे, श्रेष्ठ र अछामी बिचमा त्रिपक्षीय प्रतिस्पर्धा पनि हुनसक्ने देखिन्छ ।

    अनुशासित कार्यकर्ताको जुझारु पंक्ति रहेका कारण चुनाव जित्ने कुरामा भने एमाले ढुक्क देखिन्छ । यद्यपि सोचेजस्तो नहुनेमा बुद्धिजिवीले सचेत गराएका छन् । 

    २०७९, श्रावण २९ आइतवार१२:४५:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार