माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेसपासँगको सहकार्यबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेसपासँगको सहकार्यबारे छलफल हुने

२०७९, श्रावण ३० सोमवार

  • 1.0K
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, नेसपासँगको सहकार्यबारे छलफल हुने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

    बैठकमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रूपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।

    २०७९, श्रावण ३० सोमवार०९:२४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार