माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७९, श्रावण ३१ मंगलवार

  • 797
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

    बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।

    बैठकमा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गरिने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

    यसैगरी पदाधिकारी चयन, स्थायी कमिटीको पूर्णता, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

    हिजो बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो।

    २०७९, श्रावण ३१ मंगलवार०७:५९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार