सुकीलाई थप छ वर्षको जेल सजाय

सुकीलाई थप छ वर्षको जेल सजाय

२०७९, श्रावण ३१ मंगलवार

  • 949
    SHARES

  • सुकीलाई थप छ वर्षको जेल सजाय

    नेपिडाव । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ ।

    आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ । अपदस्थ नेतालाई चारवटा मुद्दाहरूमध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ ।  तर तीमध्ये तीनका लागि सजाय एकैसाथ सुनाइनेछ । उनलाई थप छ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानूनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । 

    ७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेको र उनका वकिलहरूले अपील गर्ने अपेक्षा गरिएको अल जजीराले जनाएको छ । 

    यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकार अर्को हताश प्रयास भएको म्यानमारको राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले भनेका छन् । म्यानमार सैनिक सरकारको आलोचना गर्दै उनले आङ सान सुकीको रिहाइको लागि पनि आह्वान गरेका छन् ।

    आङ सान सुकी र उनका सहयोगीहरूविरुद्ध लगाइएका धेरै आरोपहरू अर्को वर्ष हुने चुनावमा अलोकप्रिय बनाई  यी राजनीतिज्ञहरुलाई राजनीतिबाट हटाउने सेनाको प्रयासको हिस्सा भएको विश्लेषकहरूले बताएका छन् । 

    यसैबीच, मलेसियाका विदेशमन्त्री सैफुद्दिन अब्दुल्लाले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) लाई म्यानमारका मुद्दाहरूमा छलफल गर्न दबाब दिइरहेका छन् । दश सदस्यीय यस समूहको मलेसिया पनि सदस्य हो  उनले पछिल्लो जेल सजायको निन्दा गरेको अल जजीराले जनाएको छ । 

    म्यानमारले पछि सैन्य विद्रोहको एक वर्ष पूरा हुनु अघि देशमा आपतकालिन अवस्थालाई छ महिना थप गरेको छ म्यान्मारका सैन्य नेता वरिष्ठ जनरल मिन आङ ह्लिङले २०२१ मा एक निर्वाचित नागरिक सरकारको विरुद्धमा विद्रोहको नेतृत्व गर्दै  आङ सान सुकीलाई चुनावी अनियमितताको आरोपमा हिरासतमा राखेका थिए ।

    गत वर्ष अगस्टमा मिन आङ ह्लिङले आफूलाई नवगठित कार्यवाहक सरकारको प्रधानमन्त्री घोषणा गरेका थिए । अगस्ट १ मा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सन् २०२३ सम्ममा चुनाव गराउने वाचा गरेका थिए । 

    हडताल र विरोध प्रदर्शनमा म्यानमारको सुरक्षाबलले एक हजार भन्दा बढी नागरिकको हत्या गरेको र  अन्य हजारौंलाई गिरफ्तार गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । लोकतन्त्रलाई पटरीमा पारेको भन्दै अन्तर्राष्ट्रिय  जगतमा म्यानमार सैन्य सरकारको निन्दा भएको छ । एजेन्सी ।

    २०७९, श्रावण ३१ मंगलवार०५:५७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार