आज कहाँ कहाँ पर्दैछ पानी

आज कहाँ कहाँ पर्दैछ पानी

२०७९, भाद्र १ बुधवार

  • 817
    SHARES

  • आज कहाँ कहाँ पर्दैछ पानी

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

    प्रदेश १ का पहाडी भू-भागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

    बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै आज दिउँसो प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ।

    महाशाखाका अनुसार आज प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, आज राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ।

    देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

    २०७९, भाद्र १ बुधवार०७:३९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार