हाम्रो पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको छ : अध्यक्ष प्रचण्ड

हाम्रो पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको छ : अध्यक्ष प्रचण्ड

२०७९, भाद्र २ बिहिवार

  • 1.0K
    SHARES

  • हाम्रो पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको छ : अध्यक्ष प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी बिग्रेको बताएका छन्।

    शहीद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुँदै गएका कारण चरित्रमा नराम्रोसँग स्खलन आएको बताएका हुन्।

    उनले पार्टी धेरै बिग्रेका कारण क्रान्तिकारी नभएको समेत बताए।

    कुनै समय पार्टी सानो भएपनि निष्ठा भएको तर अहिले निष्ठा र इमान्दारिता हराउँदै गएको अध्यक्ष दाहालको भनाइ छ।

    ‘त्यो बेला सानो थियो, निष्ठावान् थियो। तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ, हामी क्रान्तिकारी छैनौँ। हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ। हामी स्वार्थ समूह बनाउनेतिर लागेका छौँ। यसले पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको छ ’, उनले भने।

    अध्यक्ष दाहालले पार्टीको दस्तावेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको उल्लेख गरे।

    ‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा विचारमा, किताबमा र दस्तावेजमा छ। हाम्रो दैनिकी क्रान्तिकारी छैन। हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ’, उनले भने।

    पदाधिकारी चयनमा नेता जनर्दन शर्मा र वर्षमान पुनको दबाबका कारण प्रचण्ड थिलथिलो बन्दै गएको एक माओवादी नेताको टिप्पणी छ । एक महासचिव पदका लागि दुई नेताले आ आफ्नै शक्तिशाली गुट बनाएकामा केही दिन देखि प्रचण्डले आक्रोश व्यक्त गर्दै आएका छन् । 

    २०७९, भाद्र २ बिहिवार१२:१०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार