आतङ्कवादी हमलाबाट मारिएका र घाइतेहरुलाई विर्सन नहुने

आतङ्कवादी हमलाबाट मारिएका र घाइतेहरुलाई विर्सन नहुने

२०७९, भाद्र २ बिहिवार

  • 901
    SHARES

  • आतङ्कवादी हमलाबाट मारिएका र घाइतेहरुलाई विर्सन नहुने

    संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले आतङककादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरुलाई कहिल्यै पनि विर्सन नहुने बताएका छन् ।

    यस्ता हिंसात्मक हमलामा परेर ज्यान गुमाएका व्यक्तिलाई विर्सन नहुने तथा यस्ता आक्रमणमा परेर बाँचेका मानिसहरुका आवाज सधैँ सुन्नुपर्ने महासचिव गुटर्रेसले बताएका हुन् ।

    आतङ्कवादी हमलामा परेर ज्यान गुमाएका र घाइते भइ बाँचेकाहरुको स्मरणमा हरेक वर्ष अगष्ट २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिएको एक भिडियो सन्देशमा उनले सो कुरा बताएका हुन् ।

    यस दिन हिंसात्मक हमलामा परेर ज्यान गुमाएका परिवारका सदस्य तथा घाइतेहरुका आवाज सुन्ने र उनीहरुको पिरमर्काहरु सबैले मनन गर्नुपर्ने उनले बताए ।

    आतङ्ककारी हमलामा परेर बाँचेका मानिसहरुका समस्या सुनेर उनीहरलाई बाँकी जीवनमा ससम्मान बाँच्ने अवसर प्रदान गर्ने र समाजमा उनीहरुको अधिकारको संरक्षण गरी न्याय दिलाउने काममा पनि लाग्नुपर्ने उनले बताएका छन् ।

    सो सन्देशमा उनले विश्वका सरकारहरुलाई यस्तो हिंसामा परेर ज्यान बचाएका व्यक्तिहरुको हक अधिकारको संरक्षण र सम्बद्र्धनका लागि काम गर्न पनि आग्रह गरेका छन् ।

    यस्ता व्यक्तिहरुको सम्मानका लागि विश्वका सबै नागरिकले एक भएर काम गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले यसका साथै दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हिंसाका घटना हुन नदिनका लागि सबैको सहकार्य आवश्यक रहेको पनि सो सन्देशमा बताएका छन् ।-एजेन्सी ।

    २०७९, भाद्र २ बिहिवार०१:०७:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार