माओवादीको स्थायी कमिटी बैठक आज बिहान बस्दै

माओवादीको स्थायी कमिटी बैठक आज बिहान बस्दै

२०७९, भाद्र ३ शुक्रवार

  • 949
    SHARES

  • माओवादीको स्थायी कमिटी बैठक आज बिहान बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

    बैठक शुक्रबार बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

    आजको बैठकमा माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ।

    यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो।

    बैठक बुधबार पनि बसेको थियो।

    माओवादीको आठौँ महाधिवेशन सात महिना अघि भएको थियो। तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

    २०७९, भाद्र ३ शुक्रवार०७:४१:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार