अमेरिकालाई आणविक सम्झौतामा फर्काउनु इरानको मुख्य चासो होइन : खमेनी

अमेरिकालाई आणविक सम्झौतामा फर्काउनु इरानको मुख्य चासो होइन : खमेनी

२०७७, पौष २५ शनिवार

  • 1.1K
    SHARES

  • अमेरिकालाई आणविक सम्झौतामा फर्काउनु इरानको मुख्य चासो होइन : खमेनी

    पौष २५, तेहरान । 

    अमेरिका लगायतका विश्वका शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतामा अमेरिकालाई फिर्ता गर्नु इरानको चासोको विषय नभएको इरानी सर्वोच्च नेता आयातोल्ला अली खमेनीले शुक्रबार बताएका छन् । 
       
    जो बाइडेनले जनवरी २० मा सपथ ग्रहण गरेपछि अमेरिकाले सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा भएको आणविक सम्झौतालाई फिर्ता लिनसक्नेबारे गरिएको प्रश्नमा उनले भने, “इरानलाई अमेरिकाले एकतर्फी लगाएको प्रतिबन्ध हटाउनु मुख्य चासोको विषय हो तर पूर्व सम्झौतामा फर्काउनु हतार छैन ।” 

    उनले भने, “हामी उनीहरूलाई आणविक सम्झौतामा फर्कन भनिरहेका छैनौं । यसमा हामीलाई हतार पनि छैन । तार्किक र बौद्धिक दुबै मानिने हाम्रो माग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा आणविक सम्झौताबाट फिर्ता भएको घोषणापछि इरानमाथि एकपक्षीयरूपमा लगाएको प्रतिबन्धहरूको अन्त्य गर्नुपर्छ भन्ने हो ।” 

    “हामी इरानी देशबाट चोरी भएको अधिकारको कुरा गरिरहेका छौं,” खमेनीले टेलिभिजन सम्बोधनमा बताए । “यदि प्रतिबन्ध हटाइयो भने अमेरिकाको फिर्ताको अर्थ हुन्छ ।”

    अमेरिकाले सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले सन् २०१९ क्रमिक रूपमा आणविक सम्झौता अन्तर्गत आफ्ना मुख्य दायित्वहरूको कार्यान्वयनलाई बिस्तारै छोड्दै गइरहेको छ । इरानले प्रतिबन्ध नहटाएको बदलामा आफ्ना गतिविधिलाई नियन्त्रण गर्ने विषयलाई सीमित बनाएको छ । 

    सम्झौताको अन्य पक्षहरू, विशेष गरी बेलायत, फ्रान्स र जर्मनीले इरानलाई सम्झौताको उद्धारको लागि आफ्नो प्रतिबद्धता अनुसार अघि बढ्न दबाब दिएका छन् तर इरानले बारम्बार संयुक्त राज्य अमेरिकाले लागाएको घातक प्रतिबन्ध हटाउने माग गरेको छ ।

    “सम्झौताको अर्को पक्षले व्यावहारिक रूपमा आफ्नो कुनै पनि दायित्व पूरा गर्दैन भने इस्लामीक गणतन्त्रले आफ्ना सबै प्रतिबद्धताहरूको सम्मान गर्नु तर्कसङ्गत हुँदैन,” खमेनीले भने । -एजेन्सी ।  

    २०७७, पौष २५ शनिवार०७:५१:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार