माओवादी बैठक बस्दै, एकिकृत समाजवादीसँग एकता हुने भएपछि महासचिवमा घट्यो आकर्षण

माओवादी बैठक बस्दै, एकिकृत समाजवादीसँग एकता हुने भएपछि महासचिवमा घट्यो आकर्षण

२०७९, भाद्र ४ शनिवार

  • 729
    SHARES

  • माओवादी बैठक बस्दै, एकिकृत समाजवादीसँग एकता हुने भएपछि महासचिवमा घट्यो आकर्षण

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आ‍जपनि बस्दै छ।

    आज शनिबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पदाधिकारीको टुंगो लगाउने गरि बैठक बस्न लागेको हो । 

    यता नेकपा एकिकृत समाजवादीले माओवादीसँग एकताका लागि कार्यदल नै बनाए पछि पार्टीको शक्तिशाली पद महासचिव पदमा आकर्षण घट्न पुगेको छ ।

    एकता पश्चात महासचिव समाजवादीलाई दिनु पर्ने भएकाले पनि महासचिवका दावेदार तथा केन्द्रका चतुर खेलाडी वर्षमान पुन र जनार्दन शर्माले हात झिकेका गोप्य श्रोतले बतायो । 

    पद भन्दा बाहिरै रहेर पार्टी एकता गराउन सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्दै अध्यक्षद्धय प्रचण्ड र माधव कुमार नेपालको मन जितेर महासचिव हुने दाउमा पुन र शर्मा रहेका श्रोत बताउँछ ।

    त्यतिन्जेलका लागि दुवै आकांक्षीलाई उपमहासचिवमै चित्त बुझाउँदै महासचिवका लागि नेता देव गुरुंगलाई प्रचण्डले अगाडी सारेका छन् । उनको नाममा तत्काललाई विवाद नरहेको अवस्था हालको छ ।  

    एकता पश्चात बहुपदिय संरचना बनाउनै पर्ने भएकाले आजको बैठकले लामो समयदेखि टुंगो लगाउन नसकेको पदाधिकारी र स्थायी कमिटिलाई पूर्णता दिने बताइएको छ।

    यसअघि शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटि बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको थियो।

    २०७९, भाद्र ४ शनिवार०८:२७:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार