फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रलाई ५ करोडका दरले ऋण दिन स्थापितको सुझाव

फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रलाई ५ करोडका दरले ऋण दिन स्थापितको सुझाव

२०७९, भाद्र ४ शनिवार

  • 893
    SHARES

  • फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रलाई ५ करोडका दरले ऋण दिन स्थापितको सुझाव

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पराजित उमेदवार केशव स्थापितले महानगरको फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सुझाव दिएका छन् । 

    राजधानीमा फोहोरले विकराल रुप लिईरहेका बेला पुर्व महानगर मेयर समेत रहेका स्थापितले मुख खोलेका हुन् । 

    हाल २०-२२ वटा कम्पनिले फोहोर उठाईरहेकामा कुहिने र नकुहिने फोहोर छुट्याई मल कारखाना स्थापना गर्न ५ करोडका दरले ऋण प्रदान गर्न स्थापितले भनेका छन् । यद्यपि अनुदान भने नदिन उनको सुझाव छ ।

    त्यस्तै, कम्पनिलाई सम्मानका साथ संगठित ढंगले काम गर्ने वातावरण बनाउन समेत स्थापितको आग्रह छ । 

    २०७९, भाद्र ४ शनिवार१२:२३:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार