भारतमा बाढीमा परी १५ जनाको मृत्यु

भारतमा बाढीमा परी १५ जनाको मृत्यु

२०७९, भाद्र ५ आइतवार

  • 1.4K
    SHARES

  • भारतमा बाढीमा परी १५ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ । 

    बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ । अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । 

    मण्डी जिल्लाका एक बासिन्दाले सिन्ह्वालाई फोनमा  भनेका छन् "यी ठाउँहरूमा सामान्य जनजीवन अस्तव्यस्त भएको छ।"

    रिपोर्टका अनुसार मण्डी जिल्लाको एउटा गाउँमा पहिरोमा परी घर भत्किँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । उनीहरुको शव फेला परिरसकेको छ ।

    सोही जिल्लामा छुट्टै बाढीमा दुई जनाको मृत्यु भएको छ भने पाँच घर डुबानमा परेका छन् । यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।

    बाढी र पहिरोका कारण घर भत्किने यस्ता थुप्रै घटनाहरू अन्यत्र पनि रिपोर्ट गरिएको छ जसमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रहरूमा  स्थानीयहरूलाई सचेत रहन आग्रह गरिएको छ । -एजेन्सी । 

    २०७९, भाद्र ५ आइतवार०८:२४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार