बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

२०७९, भाद्र ५ आइतवार

  • 861
    SHARES

  • बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

    सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन् । 

    श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्याउनु भएको बताए । उनले भने, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।” 

    देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो । “गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो”, अध्यक्ष दाहालले भने ।  

    यसैगरी पूर्वउपसभामुख  पूर्णाकुमारी सुवेदीले पनि गिरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र सुभेच्छुकको घुइँचो लागेको छ ।

    उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

    २०७९, भाद्र ५ आइतवार०१:१३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार