काठमाडौँ । लामो समयदेखि पूर्ण रुपमा उठ्न नसकेको काठमाडौँ महानगरपालिको फोहोर भोलिसम्म सबै उठाइने भएको छ ।
फोहोर बिसर्जन गर्ने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बञ्चरेडाडाँका स्थानीयबीच लिखित सहमति भएपनि फोहोरका नाममा भुमिगत राजनीति गर्ने विहिन्न गिरोह र समूहले स्थानियलाई उपयोग गरि विभिन्न बहानामा फोहोर बिसर्जनमा अवरोध हुँदै आएको छ ।
यद्यपि पछिल्लो समयमा उपत्यकाबासीको चर्को दबाब बढेपछि मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष सहयोग मागेपछि अवरोध हटेको महानगर प्रवक्ता नवीन मानन्धरले बताए।
मानन्धरका अनुसार फोहोर संकलनका लागि निजी क्षेत्र समेत सहभागि भएपछि फोहोर सहज ढंगले उठ्न थालेको छ । हाल उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दाबढी ट्रक र टिपर प्रयोग भइरहेका छन्। यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन्।
पछिल्लो तीन दिनयता स्थानीयले अवरोध पनि गरेका छैनन्। उनीहरूले आफ्ना माग पूरा गर्न पाँच दिनअघि एक साताको समय दिएका थिए। यद्यपि, महानगरले सात दिनमा माग पूरा नगरे फोहोर व्यवस्थापनमा पुनः अवरोध गर्ने स्थानीयले बताएका छन्।
काठमाडौँको दरबारमार्ग, कमलादी, पुतलीसडक, मैतीदेवी, गौशालालगायत क्षेत्रका फोहोर आइतबार उठाइएको छ। यी स्थानबाट दुई सय ५० वटा गाडी फोहोर बन्चरेडाँडा पुर्याइए महानगरले जनाएको छ।