सापकोटालाई प्रतिस्थापन गर्दै काठमाडौं नगरप्रहरी प्रमुखमा राजु पाण्डे चयन

सापकोटालाई प्रतिस्थापन गर्दै काठमाडौं नगरप्रहरी प्रमुखमा राजु पाण्डे चयन

२०७९, भाद्र ६ सोमवार

  • 2.8K
    SHARES

  • सापकोटालाई प्रतिस्थापन गर्दै काठमाडौं नगरप्रहरी प्रमुखमा राजु पाण्डे चयन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख पदमा एसपी राजु पाण्डे चयन भएका छन् ।

    महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) धनपति सापकोटालाई हटाएर सो जिम्मेवारी पाण्डेलाई दिएका हुन् ।

    मेयर बालेनको सचिवालयले काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी)मध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको जानकारी दिएको छ ।

    यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।

    २०७९, भाद्र ६ सोमवार०९:२१:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार