अध्यक्ष दाहाल र नेपालबीच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल

अध्यक्ष दाहाल र नेपालबीच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल

२०७९, भाद्र ६ सोमवार

  • 985
    SHARES

  • अध्यक्ष दाहाल र नेपालबीच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल

    काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ । 

    ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो । 

    यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यस अवसरमा छलफल भएको थियो । 

    माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए ।

    आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी छ ।

    २०७९, भाद्र ६ सोमवार०४:०५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार