रुसी हमलामा ९ हजार युक्रेनी सेना मारिएको किभको स्वीकारोक्ती

रुसी हमलामा ९ हजार युक्रेनी सेना मारिएको किभको स्वीकारोक्ती

२०७९, भाद्र ७ मंगलवार

  • 1.3K
    SHARES

  • रुसी हमलामा ९ हजार युक्रेनी सेना मारिएको किभको स्वीकारोक्ती

    एजेन्सी । रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन्। रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन-चीफ भ्यालेरी जालुज्नीले बताए।

    भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरूमध्ये हुन सक्ने उनले बताए।

    झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरुले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन्। यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए।

    २०७९, भाद्र ७ मंगलवार०७:३९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार