यस्तो छ आजको मौसम 

यस्तो छ आजको मौसम 

२०७९, भाद्र ७ मंगलवार

  • 765
    SHARES

  • यस्तो छ आजको मौसम 

    काठमाडौँ । आज मंगलबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भारी वर्षाका कारण देशका केही प्रदेशका केही भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

    साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

    यस्तै, तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

    २०७९, भाद्र ७ मंगलवार०७:४४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार