सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँट गर्न सकेन 

सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँट गर्न सकेन 

२०७९, भाद्र ७ मंगलवार

  • 1.4K
    SHARES

  • सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँट गर्न सकेन 

    काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। अपरान्ह ३ बजे बस्ने बैठकमा आगामी प्रदेश तथा प्रतिनिधि सभाको लागि सिट बाडफाँटबारे छलफलको तयारी रहेको छ।

    बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ। जसकारण गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ। तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरूबीच सहमति जुट्न सकेको छैन।

    गठबन्धनमा प्रचण्ड नेतृत्वको बामघटकले मोर्चा कस्दै गएकोमा कांग्रेस ससंकित बन्दै गएको र सिट बाँडफाँडको विषय पेचिलो बन्ने देखिएको विशेष स्रोतले बतायो । 

     

    २०७९, भाद्र ७ मंगलवार०७:५१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार