चुनाव तयारीका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

चुनाव तयारीका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

२०७९, भाद्र ७ मंगलवार

  • 1.0K
    SHARES

  • चुनाव तयारीका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

    आम निर्वाचनमा एक्लै अगाडि बढ्ने निर्णय गरेको एमालेले चुनाव केन्द्रित योजना बनाउन स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ।

    गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

    २०७९, भाद्र ७ मंगलवार०८:०४:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार