काठमाडौं । शिक्षा क्षेत्रमा विशेष पहिचानका साथ २५ औँ वसन्त पार गर्दै गरेको सेन्ट लरेन्स कलेज चावहिलको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय नाचघर जमलमा कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरणका साथै परामर्श समेत प्रदान गरेको हो ।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ७का वडा अध्यक्ष बिमल होडा रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी, काठमाडौं महानगरपालिकाको वरिष्ठ विद्यालय सुपरभाइजर र शिक्षा अधिकारी शिक्षा विभागका मोतिराज खनाल, स्रोत व्यक्ति काठमाडौं महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाई, नेपालको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा सेन्ट लरेन्सका सल्लाहकार डा रुद्र शर्मा, पूर्व शकंरदेव क्याम्पस चिफ तथा सल्लाहकार डा कमलदिप ढकाल, उत्प्रेरक रबिन कटुवाल, कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन, कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी लगायत कलेजका लेक्चर तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन कलेजका प्लस टु कोअर्डिनेटर मुकुन्द ढुंगानाले गरेका थिए ।

स्वागत नृत्य सहित पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमलाइ कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले स्वागत मन्तब्य राखेका थिए । सेन्ट लरेन्समा आएका विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माणका लागि सुवेदीले शुभकामना समेत व्यक्त गरे । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि कलेज अब्बल रहेको बताउदै विद्यार्थीको व्यक्तित्व विकासका लागि पनि कलेज सधैँ तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा कक्षा १२ मा अध्ययनरत एलिसा श्रेष्ठले आफ्नो अनुभव सुनाउदै कक्षा ११मा नया भर्ना विद्यार्थीलाई स्वागत गरिन्। १ वर्ष अघि आफू पनि के होला ? कस्तो होला भन्ने दुबिधा सहित कलेज प्रवेश गरेको र आज कलेजले आफूलाई गरिरहेको मार्गनिर्देशनबाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कार्यक्रममा कक्षा ११ मा भर्ना भएकी आयुषा तिमल्सिनाले उत्कृष्ट प्लस टु कलेज छनोटका लागि के गर्ने, कहाँ जाने भन्ने दुबिधाका बिच सेन्ट लरेन्स आइपुगेको बताइन् । शिक्षा सँगै चौतर्फी विकासको अवसर दिने कलेज खोज्दै गर्दा आइपुगेको र शैक्षिक वातावरण, सुलभ शुल्क र व्यक्तित्व विकासका सम्भावनाहरूले आफ्नो खोजी सेन्ट लरेन्समै रोकिएको बताउदै सुन्दर शैक्षिक भबिष्य निर्माणमा सेन्ट लरेन्सका शिक्षकहरुले सहयोग पुर्याउने अपेक्षा सहित सो को लागि आफूले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सेन्ट लरेन्सबाट आफ्नो अध्ययन पूरा गरी हाल आ- आफ्नो क्षेत्रमा स्थापित डाक्टर, इन्जिनियर, पाइलट, सिए, अधिवक्ता, बैंक अधिकृत लगायतलाइ कलेजले बिशेष सम्मान गरेको थियो । बंगलादेशबाट पुरा छात्रवृत्ति पाएर अध्ययन पुरा गरेका एमबिबिएस डा. अभिषेक कुमार शाह, इन्जिनियर विकल्प दंगाल, पाइलट बबिन तामाङ, सिए विदुर चन्द्र ढुंगाना, अधिवक्ता कुमार दंगाल, नेपाल राष्ट्र बैङ्ककी अधिकृत प्रतिमा भट्टराई लगायत पूर्व विद्यार्थी सम्मानित हुँदा हाल कक्षा १२ मा अध्ययनरत अन्जली थापालाई मिस प्लस टु उपाधि जिते बापत कलेजले सम्मान गरेको थियो। त्यस्तै विभिन्न क्लबमा रहेर उत्कृष्ट भूमिका निभाएका विद्यार्थीहरूलाई पनि कलेजले सम्मान गरेको थियो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्स परिवारमा सबैलाई स्वागत गर्दै उत्कृष्ट प्लस टु कलेज छनोट गरेकोमा बधाई दिए । मन्टेश्वरी देखि उच्च शिक्षाको तह सम्म अध्यापन हुने करिब ३५०० विद्यार्थीको समूहमा एक बन्नु आफैँमा गौरवको विषय भएको उनको भनाइ थियो । कलेज विद्यार्थीको उज्ज्वल भविष्यका लागि सधैँ प्रतिबद्ध रहेको र त्यसका लाग ११ वटा क्लब मार्फत अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको उनले उल्लेख गरे। यस्ता क्लब गतिविधिहरूमा पनि शिक्षक सहजकर्ता मात्रै हुने र विद्यार्थीले नै सञ्चालन गर्ने हुँदा विद्यार्थीका प्रतिभाहरू प्रस्फुटित हुने अवसर मिल्ने उनको धारणा थियो। कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको यो दुई वर्ष जीवनकै सम्झनलायक वर्षहरू हुने उनले बताए।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष केशव प्रसाद दंगालले कक्षा सुरु हुनुभन्दा अगाडी सफलतापूर्वक प्लस टु तह पार गर्नका लागि विद्यार्थीलाई मार्गदर्शन दिन र उत्प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। पूर्व मेची देखि पश्चिम महाकाली सम्म देशका ७७ वटै जिल्ला बाट आफ्नो उज्ज्वल भविष्यका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई यो निर्णय उपयुक्त भएको भन्दै कलेजले उनीहरूको अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण सेन्ट लरेन्स उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए। सेन्ट लरेन्स पढेर आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरू उदाहरणका रूपमा अगाडी नै रहेको भन्दै उनले कलेजले आफ्नो गुणस्तरलाई भोलिको दिनमा पनि कायम राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नं ७ चाबहिल पिपल बोटमा रहेको यो कलेज सन् १९९७ देखि संचालनमा आएको हो। कक्षा नर्सरी देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुने सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा बिज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायका विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम संचालन भएको हो ।

